'डा केसीका माग जायज' भन्ने भनाई प्रति प्रचण्डको निजि सचिवालयको आपत्ति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 20, 2018 | 11:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले 'डा केसीका माग जायज' भनेको भन्दै प्रकाशित समाचार प्रति प्रचण्डको निजि सचिवालयले आपत्ति जनाएको छ। 

प्रचण्डका निजि सचिवालय प्रेस संयोजक बिष्णु सापकोटाले आफुले नभनेको बिषयमा आफ्नो नाम जोडेर समाचार प्रकाशित भएको भन्दै खेद प्रकट गरेका छन। 'यस बिषयमा नागरिक दैनिक लगायत कुनै पनि मिडियाकर्मी र मिडियासँग मेरो कुरा नभएको स्पष्ट पार्न चाहन्छु' उनले भने। अध्यक्ष क. प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा डा. गोविन्द केसीका मागप्रति समान धारणा रहेको उनको भनाई छ।  

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला सापकोटालाई उद्रत गर्दै प्रचण्डले ड़ा केसीको माग जायज छ भनेको समाचार नागरिक दैनिकले छापेको थियो।   

    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved