काठमाडौँको तापक्रम बढ्यो, आज यस बर्ष कै उच्च गर्मी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 20, 2018 | 09:21:48 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस पुगेको छ जुन यस वर्षकै बढी तापक्रम हो । यसअघि जेठ दोस्रो साता यहाँ यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । यही साउन १ र २ गते यहाँको अधिकतम तापक्रम ३१.६ डिग्री पुगेको थियो । गत असार २३ गते काठमाडौँको अधिकतम ताफक्रम ३१.५ डिग्री पुगेको थियो । 

निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो । काठमाडौँ उपत्यकामा केही दिनयता निरन्तर घाम लागेका कारण तापक्रममा वृद्धि आएको महाशाखाको भनाइ छ । शनिबारदेखि मनसुनी गतिविधि सक्रिय हुने र देशका मध्य तथा पूर्वी भेगका धेरै स्थानमा वर्षा हुने मौसमविद् मीनकुमार अर्यालले बताए । 

महाशाखाको विवरणअनुसार आज सबैभन्दा बढी काठमाडौँमा २० मिलिमिटर वर्षा भएको छ । जिरीमा १८, वीरेन्द्रनगरमा ११ र ताप्लेजुङमा ६ मिलिमिटर वर्षा भएको छ । अबको दुई दिनसम्म देशका अधिकांश भेगमा बदली रही हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved