कार्यालय रित्तै राखेर घरेलु उद्योगका कर्मचारी भोजमा, निर्देशक अमात्यले किन बोले झुट ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 21, 2018 | 11:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

साबिकको घरेलु तथा साना उद्योग बिभाग अन्तर्गतको प्रशिक्षण केन्द्रमा कार्यरत कर्मचारीहरु शुक्रबार दिनभर कार्यालय बन्द गरेर भोज खान गएका छन। गत आर्थिक बर्षकोको बजेट सक्नैका लागि केन्द्रका करिब ७५ बढी कर्मचारी एकै पटक भोज खान जाँदा कार्यालयको काम प्रभावित भएको छ।

उनीहरुले कार्यालयमा कुनै सूचना टाँस गरेबिना नै भोज खान जाँदा त्यहाँ गएका सेवाग्राहीहरु रित्तो हात फर्कनु परेको छ। कार्यालयमा कार्यरत निर्देशक, प्रशाशन, लेखा, प्राविधिकसहित सबै फाँटका कर्मचारीहरुले एक जना सहायक र अर्का एक कर्मचारीलाई मात्र कार्यालयमा कुरुवा राखेर सेवाग्राहीको कामलाई बेवास्ता गर्दै विदा नभएको दिनमा पनि भोज खान गएको सेवाग्राहीहरुले गुनासो गरेका छन।

कर्मचारीहरु भोजमा रमाइरहँदा सोमबार दिउँसो सेवाबाट बन्चित भएर आजित भएका सेवाग्राहीहरुले कार्यालयमा फोन गर्दा फोन समेत उठेको थिएन् ।बिजपाटी डटकमका पत्रकार रिपोर्टिङका लागि उक्त कार्यलाय पुग्दा त्यहाँ एक कार्यालय सहयोगी र अर्का एक कर्मचारी बाहेक सबै कर्मचारीहरु भोज खान गएको खुलासा भएको हो। 

बिद्यार्थीले छोडेर गएको अवस्थामा हुने होस्टल जस्तै कार्यालयको सामान लथालुंग पारि उनीहरु भोज खान गएको दृश्य देखिएको छ। त्यहाँको बेतिथी देखेपछी प्रशिक्षण केन्द्रका निर्देशक गोपाल अमात्यलाई फोन गर्दा उनले आफु कार्यालय रहेको बताएर ठाडै झुट बोले। निर्देशक अमात्यकै कार्यकक्षबाट फोन गरेको बताएपछि अमात्यले अकमकाउदै फोन नबुझिएको बहाना गरेर फोन काटे। त्यसपछि उनि सम्पर्कमा आउन चाहेनन।

कर्मचारीहरु एकै पटक भोज खान गएको बारे सोध्न खोज्दा दोस्रो तलामा भेटिएका शाखा अधिकृतले केहि पनि बोल्न चाहेनन। यहाँको जानकारी दिने जिम्मेवारी अरुको भएको देखाउदै उनले केहि पनि बोल्न चाहेनन।     

त्यहाँ रहेका करिब ८५ कर्मचारी मध्ये ८० जना जति करारमै काम गरेको समेत खुल्न आएको छ। करारमा कार्यरत कर्मचारी लगायत झन्डै ८० कर्मचारी एकै पटक भोज खान गएको बिजपाटीलाई जानकारी प्राप्त भएको छ। 

कर्मचारीहरुको यस्तो हर्कत र कार्यालयको भद्रगोल अवस्थाबारे निर्देशक अमात्यले बोल नचाहेपछी उद्योग मन्त्रालयका सचिब यम कुमारी खतिवडालाइ यो बिषयबारे सोध्न खोज्दा उनले प्रवक्तालाई देखाएर जिम्मेवारीबाट पन्छिए। 

त्यसपछि मन्त्रालयका प्रवक्ता रबि शंकरलाई जति फोन गरेपनि उनको फोन उठेन। उद्योग मन्त्रालयका सहसचिब बिनोद प्रसाद सिंह र सामान्य प्रशासन मन्त्रालयका सचिब दिनेश थपलिया समेत फोन सम्पर्कमा आउन चाहेनन।

मन्त्रालयका कुनै पनि कर्मचारी टेलिफोन सम्पर्कमा नआएपछि यस बिषयबारे सोध्न सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा सचिब भनिएका शंकर प्रसाद कोइरालालाई फोन गर्यौं। तर उनले आफु सचिबबाट रिटायर भईसकेको जानकारी गराउदै कर्मचारीहरु कार्यालय रित्तै राखेर भोज खान जान पाउने नपाउने बारे नीति र ऐन पढ्न सुझाए।     

सचिबबाट रिटायर भईसकेका व्यक्तिलाई समेत सचिब पदमै रहेको उल्लेख गरेर सामान्य प्रशासन मन्त्रालयले सर्वसाधारणलाई झुक्क्याउने काम गरेको छ। अरु मन्त्रालयमा नभएको समस्यामा पनि देख्ने सामान्य प्रशाशन मन्त्री लाल बाबु पण्डितले आफ्नै मन्त्रालयको यस्तो गल्ति समेत पत्ता लगाउन सकेका छैनन। सरकारी कार्यालयमा भेटिने यस प्रकारका बेतिथीले सरकारी कर्मचारी कामचोर र गैरजिम्मेवार हुन्छन भन्ने आरोपलाई पुष्टि गर्ने काम गरेको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved