सर्वाधिक बिजुली उत्पादन गर्नेमा प्रदेश ४ अगाडी, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 03:01:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणले कुलमान घिसिङको नेतृत्व पाएपछि देश लोडसेडिङ मुक्त भएको छ । देशलाई लोडसेडिङमुक्त बनाउनको लागि आवश्यक बिद्युत उत्पादन गर्ने अधिक बोझ भने प्रदेश नम्बर ४ ले बोकेको छ । त्यस्तै प्रदेश ४ पछि प्रदेश ३ ले सर्बाधिक बिजुली उत्पादन गर्ने गरेको छ ।  

बिद्युत विकास बिभागको पछिल्लो तथ्यांक अनुसार हाल नेपालमा संचालनमा रहेका जलबिद्युत आयोजनाको क्षमता १ हजार ६ दशमलव ८ मेगावाट छ । जस मध्ये प्रदेश ४ को क्षमता ४७९.१ मेगावाट र प्रदेश ३ को क्षमाता ३४०.३ मेगावाट रहेको छ ।  अर्थात् कुल क्षमताको ८१ प्रतिशत भन्दा बढी हिस्सा प्रदेस ३ र ४ संग छ । त्यस्तै प्रदेश १ संग १ सय २३ दशमलव ५ मेगावाट क्षमता छ भने प्रदेश ७ संग ३८.५ मेगावाट क्षमता छ ।  कर्णाली प्रदेश संग सबै भन्दा कम ३.८ मेगावाट जलबिद्युत छ ।  प्रदेश २ मा भने भूगोलका कारण जलबिद्युत उत्पादन सम्भावना छैन । 

नेपालमा हाल संचालनमा रहेका जलविद्युत आयोजनाको कुल क्षमता १ हजार ६ भएपनि ७ सय ५६ मेगावाट मात्रै उत्पादन भईरहेको छ । नेपाल बिद्युत प्राधिकरणका अनुसार हालको नेपालको माग १२ सय मेगावाट हो । १२ सय मेगावाट मध्ये ७ सय ५६ मेगावाट मात्र नेपालमा उत्पादन भईरहेको छ भने ४ सय ४५ मेगावाट भारतबाट आयात भईरहेको छ । 

हाल निर्माणाधीन आयोजना सम्पन्नभए पछि भने नेपालले उत्पादन गरेको बिजुली बेच्नु पर्ने हुन्छ । हाल नेपालमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको कुल क्षमता ४ हजार ६ सय ४१ मेगावाट छ । अहिले उत्पादन भईरहेको १ सय ६ मेगावाट र निर्माणाधीन अवस्थामा रहेको ४ हजार ६ सय ४१ मेगावाट जोड्दा कुल  ५ हजार ६ सय ४८ मेगावाट हुन्छ । जुन हाल नेपालको माग भन्दा  झन्डै ५ गुणा बढी हो । यस्तो अवस्थामा नेपालले उत्पादित बिजुली निर्यात गर्नु पर्ने हुन्छ । 

हाल प्रदेश ३ मा  २ हजार ३ सय २६ मेगावाट र प्रदेश ४ मा १४ सय ४ मेगावाट क्षमताका आयोजना बनिरहेका छन् । त्यस्तै प्रदेश १ मा ७ सय ६५ मेगावाट, प्रदेश ७ मा ८९ मेगावाट, कर्णाली प्रदेशमा ३९ मेगावाट र प्रदेश ५ मा १६ मेगावाटका आयोजना बनीरहेका छन् । 

हाल प्रदेश ४ ले सर्बाधिक बिजुली उत्पादन गरिरहे पनि हाल बन्दै गरेका आयोजना संचालनमा आएपछि प्रदेश ३ ले सर्बाधिक २ हजार ६ सय ६६ मेगावाट बिजुली उत्पादन गर्ने छ । जुन कुल उत्पादनको ५७ प्रतिशत हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved