मलेसियामा कामदार पठाउन सरकारको अनुमति, जेठ २ सम्म भिसा लागेका मात्रै जान पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 22, 2018 | 03:36:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मलेसिया जान अन्तिम पटकका लागि भन्दै अनुमति दिएको छ । गत जेठ २ गतेसम्म भिसा लागिसकेका नेपाली कामदारलाई अन्तिम पटकका लागि मलेसिया जाने अनुमति दिएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले मलेसिया लैजाने नाममा अतिरिक्त शुल्क उठाउने संघ संस्थाहरुमाथि कारबाही गर्नुअघि जेठ २ गतेसम्म श्रम स्वीकृति पाएका र भिसा लागेकालाई जान दिने निर्णय भएको जनाएको छ । 

जेठ २ गते अघि नै ४ सय ५३ र २ गतेपछि २ हजार ५ सय कामदारको भिसा स्ट्यापीङ भएको भए पनि पछाडिकाको हकमा भने सरकारको निर्णय यथावत नै हुने श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिए । 

जेठ २ अगाडि भिसा लागेका कामदारको म्याद यही हप्ता समाप्त हुने र यो हप्ता कामदार मेलेसिया पुग्न नसके त्यहाँको अध्यागमनले कालोसूचीका राख्ने र भविष्यमा पनि जान नपाउने स्थिति आउने भएका कारण सरकारले व्यवसायिको माग अनुरुप अन्तिम पटकका लागि जान अनुमति दिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved