यी १७ बैंकमा खाता भए अनलाईनबाट घर मै बसी सरकारलाई कर तिर्न सकिने , कति लाग्छ शुल्क ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 06:39:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक बर्षको सुरुवात संगै घर मै बसेर अनलाइन मार्फत सरकारलाई कर तिर्न सकिने भएको छ । सरकारले विद्युतीय प्रणालीबाट कर भुक्तानी गर्न सकिने ब्यबस्था गरेको हो  । यस संगै सरकारलाई कर तिर्न चेक वा नगद बोकेर आफै बैंक र कार्यालय धाइरहनु पर्ने बाध्यताको अन्त्य भएको छ । 

अर्थमन्त्रीमा नियुक्त भएकै दिन डा. युवराज खतिवडाले विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने निर्णय गरेका थिए ।  गत बैंशाख १२ गतेदेखि परिक्षणको रुपमा करदाता सेवा कार्यालय ठमेलबाट यो सेवा सुरु भएको थियो । साउन १ गतेबाट यो औपचारिक रुपमा कार्यान्वयनमा आएको हो ।

करदाताले हाललाई  revenue.fcgo.gov.np वा rajaswa.fcgo.gov.np मार्फत विद्युतीय माध्यमबाट सोझै सरकारलाई कर तिर्न सक्ने छन् । यसको लागि नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस (connect IPS) नामको छुट्टै सिस्टम बनाएको छ।  करदाताले यसरी विद्युतीय माध्यमबाट कर तिर्नको सुरुमा कनेक्ट आईपीएसको वेबसाइट https://www.connectips.com मा गएर युजर आईडी बनाउनु पर्ने हुन्छ। त्यसपछि आफ्नो बैंक खातालाई यो सिस्टममा कनेक्ट गराउनु पर्ने हुन्छ त्यसलाई बैंकले भेरिफाई गर्नु पर्दछ । 

बैंकले भेरिफाई गरेपछि युजर नाम र पासवर्ड राखेर कनेक्ट आईपीएसको सिस्टममा लग इन् गरी सरकारलाई कर तिर्न सकिने छ।  हालसम्म यो सिस्टममा १७ बैंक तथा वित्तीय संस्था समाबेश भएका छन् । समाबेश भएका बैंक तथा वित्तीय संस्थामा खाता हुनेहरुले सहजै अनलाइनबाट कर तिर्न सक्ने छन् । हाल सिटिजन्स बैंक, एभरेस्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, नेपाल बंगलादेश बैंक , नेपाल बैंक, एनएमबी बैंक, प्राइम कमर्शियल बैंक, सिद्दार्थ बैंक, एनसीसी बैंक, गरिमा विकास बैंक, मुक्ति नाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, शंग्रिला डेभलपमेन्ट बैंक र आईसीएफसी फाइनान्स लिमिटेड यस सिस्टममा आवद्द भएका छन् । अन्य बैंकहरु यस सिस्टममा आवद्द हुने प्रक्रियामा रहेका छन् । 

यस सिस्टमबाट सरकारलाई बुझाउने सबै प्रकारका कर, शुल्क वा दस्तुर बुझाउन सकिन्छ । सबै संघीय सरकारी कार्यालयको राजश्व बुझाउन सकिने भए पनि हाललाई यो सेवा राजश्व कार्यालयमा मात्र छ  ।  यसरी कर भुक्तान गर्दा एक पटकमा बढीमा रु १ लाख सम्ममात्र   बुझाउन सकिने छ । साथै एक दिनमा १० पटकसम्म यसति कर तिर्न सकिने छ । 

कर तिर्दा ५०० रुपैयाँ भए २ रुपैयाँ शुल्क, ५ सय देखि ५ हजारसम्मको कर भुक्तान गर्दा ५ रुपैयाँ , ५ हजारदेखि ५० हजार सम्मको कर भुक्तान गर्दा १० रुपैयाँ शुल्क लाग्ने छ । साथै ५० हजार भन्दा बढीको कर भुक्तान गर्नु परेमा १५ रुपैयाँ शुल्क लाग्ने छ । एक खाताबाट अर्को खातामा  पनि यहि शुल्क कायम हुने नेपाल क्लियरिङ हाउसले जनाएको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved