टिपरको ठक्करबाट बनेपामा एक जनाको मृत्यु, स्थानीयले जलाए टिपर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 01:19:57 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ  ।

काभ्रेको बनेपा स्थित चारदोबाटोको सालिक नजिकै टिपरले बाईकलाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट बा ८३ प् ५०७७ नम्बरको बाईकमा सवार एक जना पुरुषको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन् सकेको छैन  ।

ठक्कर दिने बा २ क ३९३४ नम्बरको टिपरलाई स्थानीयले आगो लगाईदिएका छन् । करिब १ हजारको संख्यामा उपस्थित स्थानीयले टिपरमा आगो लगाईदिएको प्रहरीले जनाएको छ  । धुलिखेलबाट आएको दमकलले आयो निभाएको थियो  । 

प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved