ओपिडी सेवा बन्द गरी देशैभर अनशन बस्न चिकित्सक संघको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 07:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको  मागप्रति सरकार गम्भीर नभएको भन्दै देशैभरको ओपिडी सेवा बन्द गरी अनशन बस्न निर्देशन  दिएको छ  । संघले एक बिज्ञप्ति जारी गर्दै भोलि (मंगलबार) बाट आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्देशन दिएको हो ।  

संघके रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने निर्देशन दिएको हो । यद्यपी संघले विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने उल्लेख गरेको छ । 

त्यस्तै संघले देशभरका चिकित्सकलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, ¥याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्र्दै  नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्न निर्देशन दिएको छ । काठमाडौं उपत्याकाको हकमा भने संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्न संघले आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved