ओलीले भने 'मार्सी चामलको भात मिठो हुदैन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 24, 2018 | 12:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

प्रधानमन्त्री केपी शर्मा ओलीले मार्सी चामलको भात मिठो नहुने प्रतिक्रिया दिएका छन् । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पछिल्लो समय चर्चामा रहेको मार्सी चामलको भात बारे प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले  आफू र   प्रचण्डले दुर्गा प्रसाईंको घरमा गएर मार्सी चामलको भात खाएको स्वीकार गर्दै त्यसको स्वाद मिठो नहुने बताएका हुन्। उनले भने 'भात खानु गलत हो भने गलत हो तर त्यसको फोटो खिचेर फेसबुकमा राख्नु गलत होइन, मार्सी चामल भन्या पनि के नै हो र त्यसको भात पनि मिठो हुँदैन। '

प्रधानमन्त्री ओलीले विपक्षीसँग अरू केही मुद्दा नभएकाले निरिह भएर मार्सी चामलको विज्ञापनमा हिँडेको आरोप लगाए।

 दाहाल र ओलीले झापाका मेडिकल व्यवसायी प्रसाईंको घरमा मार्सी चामलको भात  खाइरहेको तस्बिर सामाजिक सञ्जालमा भाईरल भएको थियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved