नयाँ कानुनमन्त्रीमा दुई भक्तको चर्चा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 24, 2018 | 04:58:06 PM मा प्रकाशित

laxmi  sunrise bank

शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजिनामा दिएपछि नयाँ मन्त्री को बन्ने विषयमा चर्चा सुरु भएको छ । रिक्त मन्त्री पदमा मोरङ–३ बाट निर्वाचित भानुभक्त ढकाल र चितवन– २ बाट निर्वाचित कृष्णभक्त पोखरेलको नाम चर्चामा रहेको छ ।

यसअघि तत्कालीन एमालेका प्रमुख सचेतक रहेका ढकाल ओली निकट मानिन्छन् । त्यस्तै पोखरेल यसअघिको व्यवस्थापिका संसद्को विधान समितिका सदस्य थिए । नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी ओलीकै भएको बताएका छन् । ढकाल र पोखरेलसँगै नारदमुनि रानाको पनि चचौ सुरु भएको छ । 

बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने नेपाली छात्राहरुले प्रमाणपत्र लिनकै लागी बेचिनुपर्ने भाषण गरेकै भरमा उनी विवादमा मुछिएका थिए । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै तामाङले राजीनामा दिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved