यादवको दबाबमा रोकियो उडान, एयर होस्टेलले झपारेको भिडियो भाइरल (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 26, 2018 | 10:10:53 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादब नेताहरु सत्तासीन हुँदा कति घमण्डी हुन्छन भन्ने उदाहरण बनेका छन। पदकै आडमा उनले काठमाडौंबाट बैंकक उड्न लागेको बिमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारेका छन। 

मंगलबार बिहान ११.३० मा काठमाडौंबाट थाइल्याण्ड उडानको क्रममा रहेको थाईएयर मन्त्री यादबकै कारण ४५ मिनेट ढिला गरि १२:२५ मा  उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। 

हतारहतार कूटनीतिक राहदानी (रातो पासपोर्ट) बनाएर बैंकक जाने तयारीमा रहेका यादबले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाब दिएर उडान ४५ मिनेट पछाडि सार्न लगाएका थिए। विमानस्थल जाने बेला निवासमा राहदानी खोज्दा नभेटिएपछी हतार हतारमा अर्को रातो पासपोर्ट बनाउन खोज्दा ढिला भएको बताईएको छ।    

यादब विमानस्थल पुग्दा थाई विमान ढोका बन्द गरेर उड्न लागिसकेको थियो । यादवका तर्फबाट विमानस्थल अधिकारीले दबाब दिएपछि थाई विमान ४५ मिनेट प्रतीक्षा गर्न बाध्य भयो। उडान ढिलो हुँदा बैंकक हुँदै अन्य गन्तव्य जान लागेका थुप्रै यात्रुको ‘कनेक्टिङ फ्लाइट’ छुटेको थाई एअरवेजका कर्मचारीले जानकारी दिए ।

जहाजको ढोका बन्द गरेपछि खोल्ने गरिदैन तर यादबले आफ्नो शक्ति प्रदशन गर्दा विमानको नियमित उडान तालिकालाई ४५ मिनेट प्रभावित पारे। जस कारण बैंककबाट कनेक्टिङ फ्लाइट भएका थुप्रै यात्रुको उडान छुट्यो।    

कर्मचारीका अनुसार यादव विमानस्थल पुग्दा यात्रुलाई बोर्डिङ पास दिइसकेको थाई एअरवेजको काउन्टर बन्द भइसकेको थियो । क्याप्टेन विमानको ढोका बन्द गरेर उडाउने तयारीमा थिए । तर, यादवले पदीय प्रभावमा बन्द भइसकेको विमानको ढोका खोल्न लगाए। यादबका सहयोगीले भने विमान उड्न बाँकी रहेकाले मन्त्रीका लागि केही समय पर्खिन अनुरोध गरिएको, पदीय प्रभाव भने नपारेको दाबी गरेका छन। तर थाईएयरका कर्मचारीले मन्त्री यादबलाई झपारेको भिडियो लिक भएपछी भने सहयोगीहरुको दाबि झुटो साबित भएको छ।  

पूर्वनिर्धारित तालिकाअनुसार थाइल्यान्डको महिडोल विश्वविद्यालयमा जुलाई २५ र २६ मा स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन यादव बैंकक गएका हुन् । यादव साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved