डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच ७ बुँदे सहमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 26, 2018 | 04:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

करिब एक महिनादेखि अनसनरत ड़ा गोबिन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलिबीच प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको वार्ता सहमतिमा टुंगिएको छ। 

२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन्। सहमतिको मस्यौदालाई औपचारिकता दिनेकाम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले जानकारी दिए। छिट्टै सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्ने उनले बताए।

मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार बिथोलिएको थियो। बिबेकशील साझा पार्टीका अधिकारिका कारण बुधबार शिक्षा मन्त्रालयमा भएको वार्ता रातभरको परामर्शपछि बिहीबार दिउँसो २ बजेपछि सिंहदरबारमा सुरु भएको थियो। 

प्रधानमन्त्री कार्यालयमा वार्ता गर्नुअघि सरकारी वार्ता टोली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपनेता सुवास नेम्वाङको कार्यकक्षबाट प्रधानमन्त्रीको म्याण्डेट लिएर वार्तास्थलमा पुगेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो । 

केसी पक्षका वार्ता टोलीका संयोजक डा. अभिषेक कुमार सिंह र सरकारी वार्ता टोलीका संयोजक खगराज बराल हात मिलाउँदै वार्तास्थलमा प्रवेश गरेका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved