निगमले भित्र्याएको वाइडबडीको छैन वारेन्टी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 27, 2018 | 09:01:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ । 

निगमले 'हाईफ्लाई एक्स'सँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवै पक्ष मौन बसेको भेटिएको आजको कारोबारमा समाचार छ। 

उक्त विषयले बोर्ड बैठकमा पटक-पटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष  कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुई पटक यस सम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।  

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशासकारलाई सम्बोधन नै गरेर सचिव देवकोटाले पत्रसमेत लेखेका छन् । यस्तै, जेठ १९ गतेको बोर्ड बैठकमा टीआरईएनटी–७७ बी इन्जिन मर्मतसम्भार कार्य सम्बन्धमा दुई थान वाइड बडी एयरबस ३३०-२०० सिरिजको विमानको इन्जिनको मर्मतसम्भार र स्पेयर्स पार्टस तथा जगेडा इन्जिनको विषयमा सम्झौतमा किन मौन बेसको भन्दै स्पष्टीकरण मागिएको थियो । कंसाकारले जहाजसँगै वारेन्टी पेपर आउने भने पनि हालसम्म उपलब्ध नगराएको निगमकै एक उच्च स्रोतले जानकारी दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved