काठमाडौंबाट स्याङ्गजा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ७ काे मृत्यु, २३ घाइते

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 27, 2018 | 03:59:38 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट स्याङ्गजा वालिङको लागि छुटेको यात्रुबाहक बस चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।

दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगको छ भने घाइतेको संख्या २३ पुगेको छ। मृत्यु हुनेमा काठमाडाैंका रविन गुरुङ, तनहुँ केवशटारका बावुराम तिवारी, तनहुँ भानु-५ का सुमित श्रेष्ठको पहिचान भएकाे छ भने अन्य ४ जनाकाे पहिचान हुन भने पहिचान खुल्न नसकेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए। 

बाँस्कोटाका अनुसार दुर्घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाबाट उद्दारको काम भईरहेको छ। २२ जना घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ।   

ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा ना ६ ख २५०६ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको हो। सडकबाट करिब सय मिटर तल खसेको बस खोँचमा अड्किएको थियो।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved