दुर्गा प्रसाईँलाई कारवाहीको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 29, 2018 | 03:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मेडिकल व्यबसायी दुर्गा प्रसाईँलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसका सांसदहरुले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेका छन् । नेपालको संविधानको धारा १८ ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने प्रत्याभूति दिएको दर्ता भएको प्रस्तावमा जनाइएको छ । 

झापास्थित बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशन प्रसाईँले केही दिन अघि बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका नेपाली छात्राहरुले सर्टिफिकेट पाउनकै लागी आफूलाई बेच्नुपर्ने बताएका थिए । यसरी नेपाली छात्राहरुमाथि अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै उनलाई कारवाहीको माग गरिएको छ । 

कांग्रेस सांसदहरु डिला संग्रौला, लक्ष्मी परियार र प्रमिला राइले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

यस्तो छ प्रस्ताव : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved