आयल निगमको शेयर सर्वसाधारणलाई पनि बेच्ने बाटो खुल्यो, कतिको आउला आईपिओ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 03:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमलाई सर्बसाधारणलाई शेयर जारी गर्ने बाटो खुलेको छ । निगमले आईपीओमा सर्वसधारणका लागि पनि अब ढोका खुला भएको जनाएको हो । योसँगै हाल संस्थागत सदस्यले मात्रै पाउने सो शेयर अबदेखि सर्वसाधारणले पनि पाउनेछन् । 

निगमले चुक्ता पुँजी ३५ गुणा बढाएर ११ अर्ब रुपैयाँ पु-याएको छ।  निगमको शुक्रबार सम्पन्न साधारण सभाले एकैपटक १० अर्ब ६४ करोड ९९ लाख २७ हजार रुपैयाँको सेयर पुँजी थप गर्ने निर्णय गरेको हो।   निगमले आफ्नो सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गर्दै चुक्ता पुँजी बढाएको हो। यस संगै निगमको पुंजी २९ करोड आठ लाखबाट ११ अर्ब पुगेको छ । 

निगमका प्रबक्ता बिरेन्द्र गोईतले अब निकट भविष्यमै सर्वसाधारणलाई शेयर जारी गरेर थप पुंजी वृद्धि गरिने बताए । उनले भने 'सर्वसाधारणलाई पनि शेयर दिने हाम्रो सोच हो, त्यसको लागि बाटो खुला भएको छ, केही अध्ययन र प्रक्रियागत काम सकेर शेयर जारी गर्छौ '   

दैनिक १६ अर्बको कारोबार गर्ने निगमको चुक्ता पुंजी पनि सोहि हाराहारीमा होस् भनेर पुंजी वृद्धि गर्न लागिएको प्रबक्ता गोईतले बताए   तर उनले कतिको शेयर जारी गर्ने भन्ने बारे कमिटिले अध्ययन गरेर निर्णय लिने भएकाले अहिले नै भन्न नसकिने बताए   

यद्यपि उनले यस अगाडी पनि निगममा सरकारको स्वामित्व ५५ प्रतिशत मात्र कायम गर्न सुझाव आएकोले सोहि अनुसारमा सरकारको स्वामित्व घटाउने गरी शेयर जारि गरिन सक्ने जनाए । 

यस अगाडी निगमले सर्वसाधारणका लागि ६ अर्ब, रणनीतिक साझेदार (संस्थापक) का लागि ३ अर्ब र नेपाल सरकारलाई ११ अर्ब रुपैयाँको सेयर जारी गरेर २० अर्ब चुक्ता पुंजी पुर्याउने योजना बनाएको थियो । तर अब  निगमले आफ्नो सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गर्दै चुक्ता पुँजी ११ अर्ब पुर्याईसकेकोले त्यो सम्भावना भने टरेको छ । 

अब निगमले त्यति नै मात्रको आईपिओ जारी नगरेपनि सरकारको स्वमित्व ५५ प्रतिशत मात्र कायम हुने गरी सर्वसाधारणको लागि आईपिओ जारी गर्न सक्ने छ । हाल निगममा सरकारको सबैभन्दा बढी सरकारको ९९.४६ प्रतिशत , नेसनल ट्रेडिङको ०.२५६ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको ०.१५३ प्रतिशत, नेपाल बैंकको ०.०७७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ०.०१५३ प्रतिशत सेयर छ । 

अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, आपूर्ति मन्त्रालय र निगम संलग्न समितिले गरेको अध्ययनले निगम सुधार गर्नका लागि चुक्ता पुँजी बढाउनुपर्ने प्रतिवेदन पेश गरेको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयबाट निगमले ३० अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि स्वीकृति पाए पनि अर्थले २० अर्बसम्म पुँजीकृत गर्न अनुमति दिएको थियो । त्यस्तै निगमले चुक्ता पुँजी वृद्धि गर्न बनाएको कार्यदलले ५५ प्रतिशत सरकार, ३० प्रतिशत सर्वसाधारण  र १५ प्रतिशत रणनीतिक साभेदारलाई सेयर दिन सकिने सिफारिस गरेको थियो। यहि अनुसार निगमले काम गरे निगमले सर्वसाधारणलाई ३० प्रतिशत शेयर जारि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved