जोशीलाई प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक स्थगित, समितीका सदस्य नै अलमलमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 30, 2018 | 04:59:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीशबारे निर्णय गर्न बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई सकिएपनि अन्तिम निर्णय गर्न भन्दै सोमबार बसेको बैठक पनि स्थगित भएको हो । 

संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेकाले निर्णय हुन नसकेको जानकारी दिए । समितीको बैठक शुक्रबार, आइतबार र सोमबार गरी ३ पटक स्थगित भइसकेको छ । 

कायम मुकायम प्रधानन्यायाधीश जोशीको शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नै अलमलमा परेका छन् । 

सुनुवाइ समितिका १५ मध्ये कम्तिमा १० जना सांसदको सहमति भएमा जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि राष्टपतिसमक्ष सिफारिस गर्न सकिन्छ । १५ सदस्यीय समितिमा नेकपाका ९ र संघीय समाजवादी फोरमका १ गरी सत्तारुढ दलका नै १० जना सांसद छन् । कांग्रेसका ४ र राजपाका १ जना सांसद संसदीय सुनुवाइ विशेष समितिमा सदस्य छन् । 

समितिको अर्को बैठक साउन १६ गतेका लागि बोलाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved