भूकम्प पीडितहरुको घर जग्गा लिलाम नगर्न राष्ट्र बैंकको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 07:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भूकम्पपीडितको घर जग्गा लिलाम नगर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ  । बैंकहरुले भूकम्पपीडित लिएको कर्जाको २ बर्ष पुरा भएपछि कर्जा असुलीमा कडाई गर्दै धितोमा राखेको घर जग्गा लिलाम गर्न लागेको पाईएकोले राष्ट्र बैंकले घर जग्गा लिलाम नगर्न निर्देशन दिएको हो  । राष्ट्र बैंकले अर्को ब्यबस्था नभएसम्म धितो लिलामी प्रक्रिया अगाडी नबढाउन र बढाई सकेको भए तत्काल स्थगित गर्न निर्देशन दिएको हो  । 

मन्त्रिपरिषद्को निर्णयको आधारमा नेपाल राष्ट्र बैंकले भूकम्पपीडितले २ प्रतिशत ब्याजदरमा पुनकर्जा पाउने ब्यबस्था सहितको कार्यविधि लागु गरेको थियो । यस्तो ऋण न्युनतम ५ बर्ष र अधिकतम १० बर्षसम्म लिन सकिने थियो ।  राष्ट्र बैंकले काठमाण्डौ उपत्यकामा प्रति घरपरिवार २५ लाख र उपत्यका बाहेकका प्रभावित जिल्लामा १५ लाख सम्मको ऋण सुविधा दिन सक्ने उल्लेख थियो ।  

बैंक तथा वित्तीय संस्थाहरुले सुरुको २ बर्षमा २ प्रतिशतको दरले र त्यसपछि आफ्नो नियमित अनुसार कै १४-१५ प्रतिशत ब्याज असुल्ने गरेका थिए । कतिपय भूकम्प पीडितहरु २ वर्षपछि लाग्ने चर्को ब्याजदर अनबिज्ञ नै थिए । बैंकहरुले २ बर्षपछि चर्को ब्याजदरको आधारमा किस्ता माग गर्ने र किस्ता तिर्न नसक्दा घर जग्गा लिलाम प्रक्रिया अगाडी बढाएका थिए । 

तर अब राष्ट्र बैंकले धितो लिलाम नगर्न निर्देशन दिएसंगै भूकम्पपीडितलाई राहत भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved