यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु, सचिवहरुको सरुवा बढुवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 08:25:13 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद्को बैठकले सचिवको सरुवा तथा बढुवा गरेको छ। सोमबार बसेको बैठकले गण्डकी प्रदेशका कामु मुख्य सचिवमा कार्यरत नारायणप्रसाद विडारीलाई सचिवमा बढुवा गरेको छ। त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव बुद्धीबहादुर खड्कालाई महिला तथा बालवालिका मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी प्रदेश नम्बर १ का प्रमुख  सचिव सुरेश प्रधानलाई महालेखा  नियन्त्रकमा तथा महालेखा नियन्त्रक रामकुमार आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय  फुटाएर बनाएको दुवै मन्त्रालय हाललाई चक्रपाणी खनालले हेर्ने निर्णय गरेको छ भने दुवै मन्त्रालयको सगथान संरचना स्वीकृत गरेको छ । बैठकले १७ वटा बिधेयक मन्त्रिपरिषद्को बिभिन्न समितिमा छलफलका लागि पठाउने निर्णय पनि गरेको छ ।

बैठकले सन् २००९ मा नेपाल र भारतबीच भएको  वाणिज्य सन्धि पुनरावलोकनका लागि हुने पहिलो बैठकको नेतृत्वका लागि आठ सदस्यीय वार्ता टोली गठन गरेको छ ।  बैठकले  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

बैठकले सो वार्ता टोलीलाई सहमति भएका विषयमा राष्ट्रिय हितलाई ध्यानमा राखी हस्ताक्षर गर्न अख्तियारी समेत दिने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved