मौद्रिक नीति बिरुद्द परेको रिटको दोस्रो सुनुवाई शुक्रबार, राष्ट्र बैंक नैतिक संकटमा पर्न सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 31, 2018 | 03:49:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीतिमा रहेको भारतीय मुद्रामा समेत बैंकहरूले ऋण लिन पाउने व्यवस्था खारेज गर्न माग गर्दै परेको रिटबारे सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षसंग छलफल गर्ने भएको छ । अधिबक्ता स्वागत नेपालले दायर गरेको रिटमा सर्वोच्चले राष्ट्र बैंकको नाममा कारण देखाउ आदेश जारि गरेको थियो   । कारण देखाउ आदेशपछि दुवै पक्षलाई ११ गते छलफलको लागि डाकिएको भए पनि त्यस दिन पेशी स्थगित भएको थियो  । अब १८ गते शुक्रबार सर्वोच्चले छलफलको लागि दुवै पक्षलाई डाकेको रिट निवेदक स्वागत नेपालले जानकारी दिए  । 

अधिबक्ता नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक मार्फत विद्यमान नेपालका प्रचलित आर्थिक कानुनविपरीत भारतीय मुद्रामा समेत बैंकहरूले ऋण लिन पाउने व्यवस्थाका विरुद्धमा रिट दायर गरेका थिए  । रिटमा अधिबक्ता नेपालले मौद्रिक नीतिको बुंदा नम्बर ६४ र ६५ नेपालको संविधान बिपरित रहेको उल्लेख गरेका थिए  । मौद्रिक नीतिको बुंदा नम्बर ६४ र ६५ नेपालको संविधान को धारा ५, धारा ५० र धारा ५१ का साथै नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन २०१४, राष्ट्र बैंक ऐन २०५८ को प्रस्तावनासंग बाझिएको रिट निवेदनमा उल्लेख थियो । रिट निवेदनमा मौद्रिक नीति तत्कालको लागि कार्यन्वयन नगर्न नगराउन अन्तिरिम आदेशको माग गरिएको थियो  । 

रिटको पहिलो सुनवाई गर्दै पूर्ण संबैधानिक इजलाशले कारण देखाऊ आदेश जारी गर्दै बिपक्षीलाई छलफलमा बोलाएको हो ।  उक्त रिटको पेशी कामु प्रधानन्यायधिश सहित ५ न्यायधिश सम्मिलित संबैधानिक इजलाशमा तोकिएको थियो  । संबैधानिक इजलाशमा  कामु प्रधानन्यायधिश दिपकराज जोशी, न्यायधिसहरु ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर जबरा, दिपक कुमार कार्की र केदार प्रसाद चालिसे रहेका थिए । 

रिटको शुक्रबार हुने दोस्रो सुनुवाईपछि सर्वोच्च अदालतले निवेदकको माग बमोजिम आदेश दिने वा नदिने भन्ने फैसला गर्ने छ  । यदि रिट निवेदक माग अनुसार अदालतले उक्त ब्यबस्था खारेज गर्न आदेश दिए राष्ट्र बैंक ठुलो नैतिक संकटमा पर्ने छ  । 

हेर्नुस रिट निवेदन:


यस्तो छ बाझिएको बाझिएको बुंदा  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved