४८ अर्ब रुपैंया बेरुजु देखिएपछि प्रधानमन्त्रीले भने 'कारबाही गर्छु'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 31, 2018 | 05:44:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले  राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताएका छन् । महालेखा परीक्षकको २०७४÷०७५  लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा  प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्  ।  राजनीतिले देशलाई बाटो देखाउनु भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताएका छन् । “के कारणले बेरुजु भएको हो ?”प्रधानमन्त्री ओलीले भने  “जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ । ”

 प्रधानमन्त्री ओलीले  भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताए । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन”प्रधानमन्त्री ओलीले भने  “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।”

बैठकमा  महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४÷०७५मा  ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिएका थिए  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved