प्रधानन्यायाधीशमा सिफारिस जोशीबारे अन्तिम निर्णय आज

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 01, 2018 | 11:25:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको विषयमा आज अअन्तिम छलफल हुँदैछ । आज दिउँसो तीनबजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले जोशीलाई प्रधानन्यायधिश बनाउने वा नबनाउने भन्नेबारे निर्णय गर्ने छ । 

तर जोशीलाई प्रधानन्याधीशमा अनुमोदन गर्ने वा नगर्नेमा समिति सदस्यहरु नै सहमतिमा पुग्न सकेका छैनन् । समितिमा रहेका सत्तापक्षका सांसदले जोशीलाई अनुमोदन नगर्ने संकेत गरेका छन् भने प्रतिपक्षका सांसदहरु अनुमोदन गर्नुपर्ने अडानमा छन् । सत्तापक्षका सांसदहरुले जोशीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अनुमोदन गर्न नहुने तर्क गरेका छन् । 

समितिमा सत्तापक्षका १० र प्रतिपक्षका ५ जना सदस्य रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved