१२ कक्षाको नतिजा भोली सार्वजनिक हुने

बोर्ड भन्छ ‘प्राविधिक समस्याले आज प्रकाशन गर्न सकिएन’
निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 01, 2018 | 12:35:24 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा भोलि बिहीबार सार्वजनिक गर्ने भएको छ । बोर्डले मंगलबार नै सबै काम सकिएको भन्दै बुधबार नतिजा प्रकाशन गर्ने जनाएपनि प्राविधिक समस्या आएको भन्दै बिहिबार मात्रै सार्वजनिक गरिने जनाएको हो । 

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले ‘भोलि नतिजा सार्वजनिक गर्छौं, अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आईपर्यो, आज नतिजा प्रकाशन गर्न सकेनौं’ भने । 

तर बोर्डका केही सदस्य बुधबारको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि नतिजा भोलिका लागि सारिएको अनुमान गरिएको छ । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दै छ ।

परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved