बिराटनगरमा रहेको भारतीय अफिस बन्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 04:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् । 

भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म÷मृत्यु पञ्जीकरण प्रमाणीकरणलगायत सेवा बन्द गरिएका हुन् । 

हालसम्म विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि आज अगष्ट १ देखि काठमाडौँस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला सो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो । 

विसं २०६५ भदौमा कोशी बाँध भत्किएर आएको बाढीपछि भारतीय भूमिबाट गरिने यातायात सहजताका लागि सो कार्यालय स्थापना गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved