प्रधानन्यायधीशबारे संसदीय सुनुवाई विशेष समिति अझै अनिर्णित, अर्को बैठक शुक्रबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 06:49:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीशबारे निर्णय गर्न बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक पुन: स्थगित भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई सकिएपनि अन्तिम निर्णय गर्न भन्दै बुधबार बसेको बैठक पनि स्थगित भएको हो । 

 समितीको बैठक शुक्रबार, आइतबार , सोमबार र बुधबार गरी ३ पटक स्थगित भइसकेको छ । अर्को बैठक शुक्रबारको लागि डाकिएको छ । 

कायम मुकायम प्रधानन्यायाधीश जोशीको शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कि नगर्ने भन्नेमा सहमति जुट्न नसकेको हो । नेकपाका सांसदहरुले उनलाई अनुमोदन नगर्ने तयारी गरेका छन्  ।  

सुनुवाइ समितिका १५ मध्ये कम्तिमा १० जना सांसदको सहमति भएमा जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि राष्टपतिसमक्ष सिफारिस गर्न सकिन्छ । १५ सदस्यीय समितिमा नेकपाका ९ र संघीय समाजवादी फोरमका १ गरी सत्तारुढ दलका नै १० जना सांसद छन् । कांग्रेसका ४ र राजपाका १ जना सांसद संसदीय सुनुवाइ विशेष समितिमा सदस्य छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved