ओली सरकारमा २ नयाँ मन्त्री थपिए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 02:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाल कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका हुन् । 

यसअघि कानुन मन्त्रालय सम्हालेका शेरबहादुर तामाङले विवादास्पद अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामा दिएका थिए । तामाङले साउन ८ गते मंगलबार राजीनामा दिएपछि रिक्त रहेको पद अब ढकालले सम्हाल्नेछन् । 

त्यस्तै यसअघि स्वास्थ्य राज्यमन्त्री रहेकी पद्या अर्यालले भूमि व्यबस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। त्यसैगरी स्वास्थ्य राज्यमन्त्रीमा सुरेन्द्र यादव नियुक्त भएका छन् । संघीय फोरमका यादव महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved