स्याङ्जाका कांग्रेस सभापति कमल पंगेनीको निधन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 09:46:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम पूर्वसभासद कमल पंगेनीको निधन भएको छ। स्याङ्जास्थित निवासमै हृदयघातका कारण उनको निधन भएको परिवारले जनाएको छ। 

पंगेनी शनिबार पार्टीको कामको सिलसिलामा स्याङ्गजाको मिर्मि पुगेर फर्किएका थिए। राति अबेर सुतेका पंगेनी बिहान नउठेपछि उठाउन जाँदा उनि अचेत अवस्थामा भेटीएका थिए। उनलाई उपचारका लागि स्थानीय कालिका अस्पताल लगिएको थियो। तर त्यहाँ पुग्दा उनको निधन भईसकेको बताइएको छ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत पंगेनीको निधनको खबरले स्तब्ध बनाएको बताएका छन। पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

२०६४ सालको निर्वाचनमा स्याङ्जा १ र पछिल्लो प्रदेशसभा निर्वाचनमा स्याङजा १(क)मा उनी उमेदवार थिए । पंगेनीका श्रीमति, एक छोरा र एक छोरी छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved