भोलीसम्म देशभर लगातार बर्षा हुने, यी स्थानमा बाढी आउँन सक्ने सम्भावना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 11:56:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोलिसम्मै देशभर लगातार पानि पर्ने अनुमान गरेको छ । 

पूर्वी क्षेत्रमा मनसुनी वायू कम सक्रिय रहेकोले कम पानि पर्ने भएपनि पश्चिममा सक्रिय भएकोले त्यहाँ ठुलो पानी पर्ने महाशाखाले जनाएको छ ।

बिभागले आज बेलुकी पछी बबई नदीमा बहाब सतर्कता तह भन्दा माथि जान सक्ने पूर्वानुमान गरेको छ भने पश्चिम राप्ति नदीमा पनि बहाब सतर्कता तह नजिक पुग्न सक्ने जनाएको छ। नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज कन्चनपुर, कैलाली, बर्दिया, बांके र दाङ जिल्लाका चुरेबाट प्रबाह हुने स-साना खोलानालाहरुः मछेली, मोहना, कान्द्रा, मान खोला, डुडुवा, झिन्झरी, प्रबासोतानाला लगायत चुरेबाट प्रबाह हुने सवै खोलानालाहरुमा आकस्मिक बाढीको संभावना देखिएकाले भोली बिहान सम्मै चुरेबाट बहने खोलाहरुको क्षेत्रमा उच्च सतर्कता अपानाउँन महाशाखाले आग्रह गरेको छ 

त्यस्तै देशैभरको पहाडी क्षेत्रमा मध्यम देखि भारी सम्म वर्षा हुने देखिएकाले पहाडी क्षेत्रका स-साना खोलानालामा आकस्मिक उच्च बहाब प्रबाह हुन सक्ने भएकोले सतर्क रहन र पहिरोग्रस्त पहाडी क्षेत्रहरुमा पनि उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved