नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको भन्दै उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको बताईएको छ ।
उनीसँगै स्वकिय सचिव मनबहादुर श्रेष्ठ र बसका चालक हरिशचन्द्र आचार्य पनि पक्राउ परेका छन् । उनीहरुलाई बुधबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न कागजात वरामद् गरेको छ । वरामद भएका कागजात हेर्दा ७ करोड रूपैयाँ चन्दा उठाएको देखिएको प्रहरीले जनाएको छ ।
पार्टीका प्रवक्ता पक्राउ परेलगत्तै महासचिव ‘विप्लव’ले विना सर्त रिहाई गर्न माग गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै पक्राउ परेका नेतालाई तत्काल रिहाई नगरे नेपाल बन्द सहितका विरोधका कार्यक्रम गर्ने घोषणा गरेका
विज्ञप्ती :