थाहानगरका सब–इन्जिनियर २ हजार घुस सहित पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2018 | 04:37:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरको थाहा नगरपालिकाका प्राविधिक घुस सहित पक्राउ परेका छन । आज मध्यान्ह १२ः४५ बजे नगरपालिकामा भवन तथा प्राविधिक निमार्ण शाखामा कार्यरत सब इन्जिनियर कलराज न्यौपाने घुस रकम सहित प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सोही नगरको वडा नम्बर २ का मिन प्रसाद ढकालसंग भुकम्पले भत्काएको घर पुननिर्मार्ण गरेको र नयाँ घर बनाएको निरिक्षण गरेको प्रमाणित गर्न घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलिले २ हजार रुपैयाँ घुस लिदालिदै सौचालयबाट पक्राउ गरेको हो । 

सव–इन्जिनियर न्यौपाने जिल्ला कालिकोट रासिकोट नगरपालिका १ का स्थायी वासिन्दा हुन् । न्यौपाने इलाका प्रहरी कार्यालय पालुङको नियन्त्रणमा छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved