तीन सचिव विशिष्ट श्रेणीमा बढुवा, कसलाई तोकियो प्रदेश ५ र ३ को प्रमुख सचिब ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 08, 2018 | 10:50:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तीन जना सचिवलाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ। सिंहदरबारमा मंगलबार (साउन २३) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ५ नम्बर प्रदेशका कामु सचिव तीर्थराज ढकाल र प्रधानमन्त्री कार्यालयका सचिव आनन्दाराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो। 

तीर्थराज ढकाललाई ५ नम्बर प्रदेशमै र आनन्दराज ढकाललाई ३ नम्बर प्रदेशमा प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने ३ नम्बर प्रदेशका प्रमुख सचिव रश्मिराज पाण्डेलाई भने प्रम कार्यालयमा पदस्थापन गरिएको छ। 

त्यस्तै गृह मन्त्रालयका केदार न्यौपानेलाई विशिष्ट श्रेणीमा कायममुकायम गर्ने निर्णय भएको छ। नेपाल लेखापरीक्षण सेवाको विशिष्ट श्रेणीको पदमा राममाया कुँवरलाई पदस्थापन गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved