पोखरा-लेखनाथको नाम अब पोखरा महानगरपालिका

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 08:37:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पोखरा-लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा-लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका राख्ने निर्णय गरेको हो । 

लेखनाथ हटाउँदै अब प्रदेश नम्बर चारको राजधानी नगरको नाम पोखरा महानगरपालिका कायम गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले जानकारी दिए । 

पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राख्ने अर्थात् महानगरको नामबाट 'लेखनाथ' शब्द हटाउने निर्णय बैठकले गरेको हो । 

यसअघि महानगरको नाम हेरफेर गर्न सिफारिस गर्ने प्रस्ताव पोखरा महानगरपालिकाको नगरसभाले गत असार दोस्रो साता गरेको थियो । सभाले महानगरको नामबाट लेखनाथ शब्द हटाई पोखरामात्रै राख्न प्रदेश सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरेको थियो । 

वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले पेस गरेको प्रस्तावलाई वडा नम्बर ९ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved