जनकपुर–जयनगरमा चल्यो रेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 08:56:01 AM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । 

भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताए । जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो । उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा आवत–जावत गरेको छ । सफल परीक्षणपछि रेल सञ्चालनमा अब द्विविधा नहुने उनले बताए   । 

रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ठूलो संख्यामा भीड लागेको थियो । दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेको स्टेशनमा हेर्ने आउनेको भीड जम्मा भएको थियो । भारत सरकारको रु सात अर्बको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved