कतार च्यारीटीद्धारा ह्विल चेयर र सिलाई मेसिन वितरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 09, 2018 | 02:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार च्यारीटीले फरक क्षमता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको छ। च्यारिटीले हिल नेपालसँगको सहकार्यमा राजधानीको बुढानिलकण्ठका बिद्यार्थीहरुलाई २० वटा ह्विल चेयर वितरण गरेको हो।

विभिन्न विद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिका र हिडडुल गर्न नसक्ने व्यक्तिहरुलाई च्यारिटीले ह्विल चेयर वितरण गरेको हो। प्रतिनिधि सभाका सदस्य अतहर कमाल मुसलमानले सहायता सामग्री वितरण गरेका हुन। 

त्यस्तै च्यारिटीले विपन्न समुदायका महिलाका लागी १२ वटा सिलाई मेसिन सहयोग गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले सबै सेट सहितको सिलाई मेसिन वितरण गरेका हुन। काम गर्ने चाहना भएका तर आर्थिक रुपले विपन्न महिलाको आयआर्जनमा वृद्धि गर्न सिलाई मेसिन सहयोग गरिएको कतार च्यारिटीका कन्ट्री म्यानेजर इर्शाद शेखले बताए। 

च्यारीटीले गत वर्षदेखी नेपालको विपन्न समुदाय लक्षित सामाजिक काम गर्दै आएको छ। हालै मात्र च्यारिटीले तराईका बिभिन्न जिल्लाका बाढी पिडित परिवारलाई लाखौँको राहत सामग्री वितरण गरेको छ।  

अरब मुलुकको सवैभन्दा ठुलो  गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved