स्थानीय तहलाई निशुल्क अडियो नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 10, 2018 | 08:10:53 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए। अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने उनले बताए । 

‘‘एक जना कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिन्छ’’ सूचना तथा प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले भने , ‘‘यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्दछन् ।’’ 

नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाज रेकर्ड गरेर राखिन्छ । सामजिक सुरक्षाभत्तालगायत सूचनाहरुसमेत नोटिस बोर्डमा राखिने उनले जानकारी दिए । 
टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधिसमेत जानकारी पाउने छन् । उक्त ल्याण्डलाइन नम्बरमा फोन गर्नका लागि निःशुल्क रुपमा व्यवस्था गरिएको कम्प्युटर अधिकृत झाले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved