16 Oct, 2018 | ३० आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

कोरिया गएर फर्केका कामदारहरुको लागी फेरी जान भदौ ८ गते भाषा परीक्षा

Posted on:August 10, 2018

citizen bank

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाबाट फर्केका नेपालीका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति तोकिएको छ । एकपटक कोरिया गएर फर्केका तर फेरि जान चाहानेको लागी भदौ ८ गते परीक्षा तोकिएको छ । 

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा अथवा सिबिटी सञ्चालन गर्ने जनाएको हो ।

शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गएको वैशाख १७ गते सञ्चालन गरेको थियो । यसैबीच सन् २०१८ को भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य परीक्षण भदौ ४ देखि ११ गतेसम्म हुने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । 

कामदारले मीनभवनमा रहेको निजामती अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलमा रहेको पाटन अस्पताल र थिमीको कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ । 

गत जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परीक्षामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । 


Share your thoughts!

Loading...

Trending