कुल १६ सय मेगावाटका सुनकोशी दोस्रो र तेस्रोमा बंगलादेशले लगानी गर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 10, 2018 | 01:19:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । राजधानी काठमाडौंमा नेपालका तर्फबाट उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले समझदारीमा हस्ताक्षर गरेका हुन् । 

समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशले लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने विषय समावेश भएका छन् । 

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनमा बंगलादेशले नेपालमा १ हजार ६ सय मेगावाट क्षमताका दुई ठूला आयोजनामा लगानी गर्ने सहमति भएको थियो । 

सोही सहमति अनुसार १ हजार ११० मेगावाट क्षमताको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रोमा बंगलादेशले लगानी गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved