संचारमन्त्री र टेलिकमकी प्रबन्ध निर्देशकबीचको दुरी बढ्यो, धरापमा कामिनीको पद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 08:46:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टिकरण सोधेको छ । शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अध्यक्षतामा बसेको  मन्त्री स्तरीय बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टिकरण सोधेको हो । 

कामिनीले प्रतिबद्दता अनुसार काम गर्न नसकेको, उनको नेतृत्वमा टेलिकम झन् धरासयी बन्दै गएको, टु जी कै फर्म्याटमा फोर जी संचालन गरेको, फोर जीलाई विस्तार गर्न नसकेको लगायतका आरोप लागेको छ ।

राजभण्डारीलाई सरकारले स्पष्टिकरण सोधेको यो दोस्रो पटक हो । यसअघि गत वैशाखमा पनि सरकारले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । त्यस समय प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण लिएका थिए । ओलीले त्यस समय नै टेलिकमले राम्रो नतिजा ल्याउन नसके कामिनीलाई हटाउने तर्फ संकेत टेलिकमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए । 

मन्त्रालय श्रोतका अनुसार यस पटक अब ओलीले भने झैँ टेलिकमको इन्जिन फेरिने लगभाग निश्चित जस्तै भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकले कामिनीलाई बर्खास्त गर्ने सम्भावना उच्च रहेको मन्त्रालय श्रोतले जनाएको हो । यस अगाडी मन्त्री बास्कोटाले पनि कामिनीलाई टेलिकम मै पुगेर चेतावनीयुक्त भाषामा सचेत गराएका थिए।  

 कामिनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक हुन् ।  टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक समेत रहेकी कामिनी २०७३ असोजमा तीन वर्षको लागि नियुक्त भएकी थिइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved