विदेश गएर फर्केकाहरुलाई १० लाख ऋण दिने सरकारी घोषणाले यसरी हौसिए युवा

भावना लामा

भावना लामा

Aug 13, 2018 | 07:15:55 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश गएर फर्केका युवाहरुलाई फेरि विदेश जानबाट रोक्ने उदेश्यसहित रिटर्नी माइग्रेण्ट नेपाल नामक संस्था खुलेको छ ।

वैदेशिक रोजगारबाट फर्किसकेका र फर्कनेहरुलाई लक्षित गरी स्थापना गरीएको यस संस्थाले पुन विदेशीने सोचमा रहेकाहरुलाई नेपालमा स्थापित गराउन विशेष काम गर्ने संस्थाका अध्यक्ष उत्तम अधिकारीको भनाई छ । ‘अभिमुखिकरण कार्यक्रम तथा सिपमूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा अपाङ्गता भएर फर्किएकाहरुको लागी कल्याणकारी कोष खडा गरी सहयोग गर्ने योजनामा छौँ, उनले भने । 

सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई १० लाखसम्म ऋण उपलब्ध गराउने घोषणा गरेसँगै वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको लागी काम गर्न संस्था खुलेको हो । संस्थामा २ हजार ७ सय युवाहरु प्रत्यक्ष सहभागी छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved