भक्तपुरमा भेटिएको २ बम निष्क्रिय, सतुंगलमा शंकास्पद वस्तु फेला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 08:29:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुरको दुई स्थानमा मंगलबार बिहान भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।  सूर्यविनायक र लोकन्थलीमा भेटिएको प्रेशर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको हो ।  

 अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका ६ आदर्श बस स्टप नजिकै र मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीमा ६ लेन सडकको सर्भिस ट्रयाकको डिलमा झोलामा हालेर राखिएको बम भेटिएको थियो । दुबै बम सामान्य खालको भएको सेनाले जनाएको छ । 

त्यस्तै काठमाडौँको चन्द्रागिरी  नगरपालिकाको सतुंगलमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङमा शंकास्पद वस्तु भेटिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोली अहिले शंकास्पद वस्तु भेटिएको स्थानमा पुगेको छ ।

त्यस्तै पूर्वपश्चि राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर बजारमा पनि बम फेला परेको छ । राजमार्गसँगै रहेको चन्द्रपुर नगरपालिका–५ मुनलाइट फाउन्डेसनको पश्चिमपट्टी टिफिनको बट्टामा टेपले बेरी घडी र ब्याट्री समेत जोडिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ । नेत्र बिक्रम चन्द विप्लब नेतृत्पको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दमा त्रास फैलाउने उदेश्यले बम राखिएको आशंका गरिएको छ । 

उता प्रहरीले अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई बम सहित पक्राउ गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved