चार्टर्ड एकाउन्टेन्सी तथा चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 07:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले  जुन २०१८ मा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी CAP I, CAP II र CAP III  तहको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

नतिजा अनुसार चार्टर्ड एकाउन्टेन्सी CAP I तहमा ६९८ जना उपस्थित परीक्षार्थीहरु मध्ये ४४५ जना उत्तीर्ण भएका छन् । त्यसै गरि CAP II तहमा १२८७ जना उपस्थित परीक्षार्थीहरु मध्ये एक समुह तथा दुवै समुह गरि २१० जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।  त्यसै गरि CAP III तह (अन्तिम तह) मा ५२६ जना उपस्थित परीक्षार्थीहरु मध्ये एक समुह तथा दुवै समुह गरी जम्मा ३२ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । यस पटकको परीक्षाको नतिजा अनुसार १२ जना परीक्षार्थीहरु चार्टर्ड एकाउन्टेन्ट सदस्यताको लागि योग्य भएका छन् । 

त्यसैगरी संस्थाले जुन २०१८ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको समेत परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार १६ जना परीक्षार्थीहरुले चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षा उत्तीर्ण गरेका छन् ।

संस्थाले जुन २०१८ मा संचालन गरिएको परीक्षाको नतिजा अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षा समेत गरी जम्मा २८ जना परीक्षार्थीहरु चार्टर्ड एकाउन्टेन्ट सदस्यताको लागि योग्य भएका  छन् ।  

परीक्षार्थीहरुले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेभसाइट www.ican.org.np मा हेर्न सक्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved