नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 10:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ  । मंगलबार राती बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक कामिनीलाई बर्खास्त गर्ने निर्णय गरेको हो  । 

यस अघि सरकारले गत शुक्रबार कामिनी संग ७२ घण्टे स्पष्टिकरण सोधेको थियो  । कामिनीले प्रतिबद्दता अनुसार काम गर्न नसकेको, उनको नेतृत्वमा टेलिकम झन् धरासयी बन्दै गएको, टु जी कै फर्म्याटमा फोर जी संचालन गरेको, फोर जीलाई विस्तार गर्न नसकेको लगायतका आरोप कामिनी माथि लागेको थियो ।

 यसअघि गत वैशाखमा पनि सरकारले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । त्यस समय प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण लिएका थिए । ओलीले त्यस समय नै टेलिकमले राम्रो नतिजा ल्याउन नसके कामिनीलाई हटाउने तर्फ संकेत टेलिकमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए । 

 कामिनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक हुन् ।  टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक समेत रहेकी कामिनी २०७३ असोजमा तीन वर्षको लागि नियुक्त भएकी थिइन् । बिजपाटी डटकमले साउन २७ गते नै 'संचारमन्त्री र टेलिकमकी प्रबन्ध निर्देशकबीचको दुरी बढ्यो, धरापमा कामिनीको पद' भन्ने शिर्षकमा कामिनी बर्खास्तमा पर्ने निश्चित जस्तै भएको समाचार लेखेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved