बक्रइदमा सार्वजनिक विदा दिने प्रधानमन्त्रीको 'आश्वासन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 11:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको पर्व बक्रइदमा सार्वजनिक विदा दिने आश्वासन दिएका छन। यस अघि दिंदै आएको विदा कटौती भएको भन्दै बक्रइदमा सार्वजनिक विदा दिन राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान ज्ञापन पत्र बुझाउने क्रममा प्रधानमन्त्री ओलीले  विदा दिने आश्वासन दिएका हुन्।  

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बक्रइद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री ओलीबाट बक्र इदमा सार्वजनिक विदा दिने आश्वासन मिलेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए। बक्रइदको विदा तीन दिन हुनुपर्नेमा एक दिनपनि भएको छैन, प्रधानमन्त्री ज्युले बक्रइद विदा दिने निर्णय गरेर संचारमाध्यम मार्फत जानकारी दिने आश्वासन दिनुभएको छ, यसले हामीमा आशा जगाएको छ' अन्सारीले भने।

यस अघि इद, बक्रइद र मोहम्मद डे मा सार्वजनिक विदा दिइएकोमा नेकपा सरकारले मुस्लिम समुदायको तिनवटै महत्त्वपूर्ण पर्वको विदा कटौती गरेको थियो। जसकारण नेकपा सरकारसंग मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए। मुस्लिम समुदायले बक्रइदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।  

सरकारले विदा दिएको अवस्थामा आगामी भदौ ६ गते बुधबार सार्वजनिक विदा हुनेछ। मुस्लिम समुदायले आगामी भदौ ६ मा बक्रइद पर्व मनाउदैछन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved