साझा प्रकाशनले सुरु गर्यो एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 05:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । 

प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८÷०६९ देखि आव २०७४÷०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए। अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०६३÷०६४ देखि आव २०६७÷०६८ सम्मको कार्यालयले गरेको लेखापरीक्षण पुनरवलोकन गर्ने भएको छ । 

“अगाडिका व्यवस्थापकका मान्छेले आफ्नो अनुकूल लेखापरीक्षक नियुक्ति गरेर सो कार्य गराउँदै आए, तर अब हामीले सरकारको लेखापरीक्षकबाट गराउँदैछौ,” उनले भने । यसअघि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउँदा कर्मचारीको अवरोधले हुन सकेको थिएन । आव २०६८÷०६९, २०६९÷७० र २०७०÷७१ को लागि सुरज घिमिरे, आव २०७१÷०७२, २०७२÷७३ र २०७३÷७४ को लागि नरेश ढुङ्गाना र आव २०७४÷०७५ का लागि राजकुमार खड्कालाई लेखापरीक्षक नियुक्ति गरेको छ । 

साझाले आन्तरिकरुपमा आव २०७१÷०७२ सम्मको लेखापरीक्षण सकेको छ । अध्यक्ष तथा महाप्रबन्धक शर्माले लेखापरीक्षणबाट संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी हुने र संस्था सुधारका लागि आवश्यक थप रणनीति अपनाउन सजिलो हुने बताए । सो कार्य तीन महिनामा सक्ने लक्ष्य छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved