सुपर मादी जलविद्युत् आयोजनामा आठ वाणिज्य बैंकले लगानी गर्ने, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 16, 2018 | 09:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले रु पाँच अर्ब ७५ करोड लगानी गर्ने भएका छन् । बिहिबार दुई पक्षबीच वित्तिय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । 

कूल ४४ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको लागत रु सात अर्ब ६५ करोड रहेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सो जलविद्युत् आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

आयोजनामा सानिमा बैंकले रु एक अर्ब २५ लाख, एनआइसी एशिया बैंकले रु ८५ करोड, एनसिसी बैंकले रु ७५ करोड, सनराइज बैंकले रु ७५ करोड कुमारी बैंकले रु ७० करोड, कृषि विकास बैंकले रु ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले रु ६० करोड र प्रभु बैंकले रु ५० करोड लगानी गर्नेछन् । बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने कार्यकारी अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved