भदौ ५ मा तय भएको संसदका समितिका सभापतिको निर्वाचन स्थगित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 01:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन २ साता पर धकेलिएको छ । यस अघि भदौ ५ गते हुने भनिएको निर्वाचन अब भदौ १७ गते मात्र हुने भएको हो । आज भदौ १ गते शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले बिशेष कारणबश निर्वाचन भदौ १७ गते हुने जानकारी दिएका हुन् ।

 समितिका सभापतिहरुको निर्वाचन भइनसकेकाले हाल बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आजै निर्वाचन कार्यक्रम प्रकाशन गर्ने छ । जस अनुसार भदौ १७  गते बिहान ११ बजे निर्वाचन हुनेछ ।

प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० विषयगत समिति छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved