प्राधिकरणले किन गर्यो मनाङ एयरको उडान अनुमति ‘सस्पेन्ड’ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 18, 2018 | 10:07:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यात्रुको सुरक्षामा लापरबाही गरेको भन्दै हेलिकप्टर अपरेटर मनाङ एयरको उडान अनुमति ‘सस्पेन्ड’ गरेको छ। उडानको क्रममा कम्पनीले यात्रु सुरक्षा मापदण्ड पुरा नगरेको आरोपमा छानबिनका लागि अनुमति स्थगन गरिएको जनाइएको छ। 

साउन २९ गते हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकप्टरको पंखा लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको घटनालाई लिएर क्यानले मनाङको उडान अनुमति तत्कालको लागि स्थगन गरेको स्रोतको भनाई छ।

हुम्लामा यात्रुको मृत्यु जसरी भयो त्यसमा कम्पनीको लापरवाहि देखिएकाले यससंग सम्बन्धित दायित्व कम्पनीकै भएको तर त्यहाँ कम्पनीबाट  हेलचक्र्याइँ हुँदा सुरक्षा प्रश्न उब्जाएको स्रोतको भनाई छ। 'नियमअनुसार एयरलाइन्स र पाइलटले सुरक्षा व्यवस्था अपनाउनुपर्नेमा त्यस्तो नहुँदा मापदण्ड बिपरित भएको छ' स्रोतले भन्यो। 

मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट मनाङ एयरको हेलिकप्टरमा हिल्सा गएका भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहतालाई हेलिकप्टरको पंखाले काट्दा मृत्यु भएको थियो। एयरलाइन्सले सुरक्षा प्रबन्ध नअपनाएको र यसबाट नेपालको उड्डय क्षेत्रलाई झनै दाग लगाउने काम भएको भन्दै क्यानले थप अनुसन्धन गर्न अनुमति सस्पेन्स गरेका हो। फर्जी उद्धारको आरोपमा मनाङ एयरमाथि थप अर्को अनुसन्धान पनि भइरहेको छ। २० वर्ष पुरानो एयरसँग हाल ४ वटा हेलिकप्टर रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved