विमानस्थलका कर्मचारीलाई कारवाही गर्न माग गर्दै मन्त्री अधिकारीलाई ज्ञापनपत्र

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 06:10:16 PM मा प्रकाशित

laxmi  sunrise bank

पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार अपरान्ह सिंहदबारस्थित् मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । त्रिभुवन विमानस्थलमा अवस्थित् राडारमा कार्यरत कर्मचारीले गलत सूचना दिएको पाईएकाले उनीहरुलाई सरकारले तुरुन्त कडाभन्दा कडा कानुनी कारवाही गर्नुपर्ने माग राख्दै उनले आज मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

त्रिभुवन विमानस्थलको धावन मार्गलाई तत्काल अन्र्तराष्ट्रियस्तरको बनाउनुपर्ने पनि कंडेलले ज्ञापनपत्रमार्फत माग गरेका हुन् । कंडेलले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘यदि उक्त धावन मार्गलाई अन्र्तराष्ट्रिय स्तरको नबनाएसम्म त्रिभुवन विमानस्थलबाट कुनैपनि यात्रा नगर्न मेरो विनम्र अनुरोध छ ।’

जवाफमा मन्त्री अधिकारीले कंडेलले उठाएका मागहरु जायज रहेको बताउँदै आफूले अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गलाई आवश्यक सुधार गर्न टेण्डरसमेत प्रकाशित गरिसकेको जानकारी दिए । उनले विमास्थलमा कार्यरत राडार कर्मचारीको लापारवाहीका कारण हालै घटेको उक्त घट्नाबारे आफूलाईपनि जानकारी भएको बताउँदै सरकारको ध्यानाकार्षण गराएकोमा कंडेललाई धन्यवाद समेत दिए । 

त्यस्तै हालै त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घट्नाको प्रतिवेदनपनि विलम्ब नगरी बाहिर ल्याउनको लागि कंडेलले मन्त्री अधिकारीसँग आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved