रसुवागढी जलविद्युत आयोजनाको ‘ब्रेक थ्रु, १८ महिना भित्र बिजुली उत्पादन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 07:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ । 

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ आज बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताए । “आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन भइसक्छ”, उनले भने ।  १३ अर्ब ६४ करोडको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएकोे आयोजना प्रमुख गैहे्रले जानकारी दिए  । 

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ । 

चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीको रुपमा रहेको रसुवागढी हाइड्रोपावर पहिलो चरणमा  एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता आईपिओ निष्काशन गरेको थियो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीको लागि आईपिओ निष्काशन भएको थियो ।

कम्पनीले निकट भबिश्य मै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र अन्य सर्वसाधारणका लागि १५ प्रतिशत शेयर बिक्री गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved