बुधबार प्रदेश नम्बर २ मा सार्वजनिक विदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 08:59:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ को सरकारले बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । सोमबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले पर्वको अवसरमा बुधबार विदा दिने निर्णय गरेको हो ।

केन्द्र सरकारले भने यो समाचार तयार पार्दासम्म ईदमा सार्बजनिक बिदा दिने बारे केहि निर्णय गरेको छैन  ।यद्यपि  प्रधानमन्त्री ओलीले  विदा दिने आश्वासन दिएका थिए।  यस अघि दिंदै आएको विदा कटौती भएको भन्दै बक्रइदमा सार्वजनिक विदा दिन राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले गत मंगलबार बिहान ज्ञापन पत्र बुझाएको थियो। सोहि क्रममा ओलीले  विदा दिने आश्वासन दिएका हुन्।  

यस अघि इद, बक्रइद र मोहम्मद डे मा सार्वजनिक विदा दिइएकोमा नेकपा सरकारले मुस्लिम समुदायको तिनवटै महत्त्वपूर्ण पर्वको विदा कटौती गरेको थियो। जसकारण नेकपा सरकारसंग मुस्लिम समुदाय रुष्ट हुँदै आएका छन्। मुस्लिम समुदायले बक्रइदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।  मुस्लिम समुदायले भदौ ६ मा बक्र इद पर्व मनाउदै छन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved